काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।