काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।