कस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

कस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • कस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

    काठमाडौं । आज मुलुकका बिभिन्न प्रदेशमा आंसिक बदली हुनेछ भने तराई लगायतका स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भागमा आंसिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।

    मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij