एकदिवसीय ब्याटिङमा खस्कियो कप्तान पौडेलको वरियता, बलिङमा साेमपालकाे सुधार

एकदिवसीय ब्याटिङमा खस्कियो कप्तान पौडेलको वरियता, बलिङमा साेमपालकाे सुधार

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • एकदिवसीय ब्याटिङमा खस्कियो कप्तान पौडेलको वरियता, बलिङमा साेमपालकाे सुधार

    काठमाडौं । आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली टोलीका कप्तान रोहित पौडेलको वरियता एक स्थान तल झरेको छ । यसअघि ९० औं स्थानमा रहेका पौडेलको वरियता एक स्थान तल झरेर ९१ औं मा पुगेको हो । 

    वरीयतामा भारतीय कप्तान रोहित शर्मा तेस्रो स्थानमा आइपुगेका छन् । शर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका हुन् । यस्तै भारतकै विराट कोहली भने एक स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन् । यो सूचीको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम र दोस्रो स्थानमा भारतका शुभमन गिल छन् ।

    यसैगरी एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड र तेस्रो स्थानमा अस्ट्रेलियाकै एडम जम्पा यथावत् छन् । यो सूचीमा नेपालका सोमपाल कामी एक स्थान सुधार गर्दै ८१ औँ स्थानमा आइपुगेका छन् ।

    यसैगरी एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नबी, दोस्रो स्थानमा बङ्गलादेशका शाकिब अल हसन र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत् छन् । यो सूचीमा नेपालका कुशल मल्ल र सोमपाल कामी समान एक स्थान सुधार गर्दै क्रमशः ४७ औँ र ५१ औँ स्थानमा आइपुगेका छन् । यस्तै नेपालकै सन्दीप लामिछाने दुई स्थान तल झर्दै ७५ औँ स्थानमा पुगेका छन् ।

    यसैगरी एकदिवसीय टिम वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका यथावत् छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij