काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

    काठमाडौं । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे शुरु हुनेछ ।

    यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

    हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

    फाइनल खेल बेलुका पाँच बजे शुरु हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि दिउँसो दुई बजे इरान र श्रीलङ्काबीच खेल हुनेछ । पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij