काठमाडौं । क्यानडाविरूद्धको एकदिवसीय सिरिज र नेपाल, नेदरल्यान्ड्स तथा नामिबियाबीचको आइसिसी विश्वकप लिग-२ खेल्ने राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार, घरेलु मैदानमा हुने क्यानडाविरुद्ध माघ २५ देखि २९ गतेसम्म तीन खेलको एकदिवसीय सिरिज हुनेछ।
त्यसपछि नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच काठमाडौंमै आइसिसी विश्वकप लिग(२ को खेल फागुन ३ देखि १३ सम्म हुनेछन्।
क्यानडाविरूद्धको नेपाली टिममा को को ?
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ आरिफ शेख, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी,आकास चन्द, अनिल साह
लिग-२ का लागि नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल। वैकल्पिक – प्रतिश जिसी, देव खनाल, अनिल साह, विवेक यादव।