हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४९ हजार ९ सय रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै,  तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कायम भएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij