नेपाल काभा बिच भलिबलको फाइनलमा

नेपाल काभा बिच भलिबलको फाइनलमा

शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  • नेपाल काभा बिच भलिबलको फाइनलमा

    काठमाडौं । नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो । 

    भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र  २१–१२ अङ्कले हराएको हो । 

    यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij