पूर्वीनाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा बढी चिया

पूर्वीनाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा बढी चिया

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • पूर्वीनाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा बढी चिया

    झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै ३ अर्ब ६९ करोड ५ लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । 

    यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको २ हजार ७ सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार ९८ करोड ९६ लाख मूल्य बराबरको १ हजार २ सय ३७ मेट्रिक टन अलैँची, ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजार १ सय ७९ मेट्रिक टन प्लाइउड, ३० करोड ४६ लाख ४० हजार मूल्यको २ हजार ३ सय ८० मेट्रिक टन अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको १ हजार १ सय ५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ ।

    तरकारी वस्तुमा बन्दा कोभी र मूला भारत निर्यात हुने गरेको छभने मसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ । उक्त तीन महिनाको अवधिमा १ करोड ७२ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको १ सय २६ मेट्रिक टन मसुरो दाल, २० लाख ४८ हजार मूल्य बराबरको एक सय २८ मेट्रिक टन बन्दाकोभी र २९ हजार मूल्य बराबरको करिब दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ । निर्यात बस्तुमा जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ । यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ ।

    कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा ९४ लाख रुपैयाँ मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, १ लाख ६ हजार रुपैयाँ मूल्य बराबरको एक मेट्रिक टन पीपला, दुई लाख ९५ हजार मूल्य बराबरको अढाई मेट्रिक टन अमला, २ लाख ५० हजार मूल्य बराबरको दुई मेट्रिक टन मजिठो, एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, तीन लाख ५० हजार मूल्य बराबरको १० मेट्रिक टन धूपी, छ लाख ९० हजार मूल्य बराबरको छ मेट्रिक टन पदमचाल र ३९ हजार मूल्य बराबरको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

    आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कूल ५ अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij