काठमाडौं । आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कायम भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।