आहा रारा गोल्डकपको उपाधि भिडन्त आज, आर्मी र थ्रिस्टार प्रतिस्पर्धामा

आहा रारा गोल्डकपको उपाधि भिडन्त आज, आर्मी र थ्रिस्टार प्रतिस्पर्धामा

शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • आहा रारा गोल्डकपको उपाधि भिडन्त आज, आर्मी र थ्रिस्टार प्रतिस्पर्धामा

    पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज बिभागीय टोली त्रिभुवन आर्मी क्लब र ललितपुरको थ्रिस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ​सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिता २३औं संस्करणको फाइनल खेल शनिबार दिउँसो पोखरा रंगशालामा हुनेछ।

    आर्मी क्लब ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो भने थ्रीस्टारले ललितपुरकै छिमेकी क्लब जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधिको भिडन्त पक्का गरेको हो। थ्रिस्टार आहा राराको ५ पटकको विजेता हो भने पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन।

    आर्मी पहिलो पटक उपाधि जित्ने ध्याउन्नमा हुँदा थ्रिस्टार उपाधि संख्या ६ पुर्‍याउने दाउमा हुनेछ। ​आर्मीका प्रशिक्षक मेघराज केसीले आफूहरु फाइनल पुगेर सधैँ उपविजेता बन्ने ट्याग तोड्न भरमग्दुर प्रयास गर्ने बताए। आर्मी विस २०६५, २०६६, २०७१, २०७२, २०७५ गरी ५ पटक फाइनलमा पुगेको थियो। आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने टोली संख्या ६ रहेको छ।

    नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ६–६ पटक उपाधि जित्दा थ्रि स्टारले ५ पटक, संकटाले २ तथा अफ्रिकन रुट्स, सहारा र एपिएफले १–१ पटक उपाधि जितेका छन्। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij