सगरमाथा क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकले अव ३ हजार रुपैयाँ तिनुपर्ने

सगरमाथा क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकले अव ३ हजार रुपैयाँ तिनुपर्ने

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • सगरमाथा क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकले अव ३ हजार रुपैयाँ तिनुपर्ने

    काठमाडौं । सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो ।

    यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेक देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पराएको छ । सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ यथावत छ ।

    स्थानीय तहले कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनिका बालबालिकालाई भने कागजातका आधारमा निःशुल्क प्रवेश दिइने गाउँपालिकाको जनाएको छ । गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिका भ्रमण गर्ने विदेशी नागरिकसँग गाउँपालिका स्थापना भएयता नै २ हजार शुल्क कायम गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij