विश्वकप क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने

विश्वकप क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • विश्वकप क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने
    काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्नेछ । 
     
    दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा भारतका कप्तान उदय सरनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
     
    त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij