काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्य अनुसार आज सुनको भाउ बिहीबारको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोलाको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको छ । बिहीबार उक्त मूल्य १ लाख १९ हजार २ सय रुपैयाँ रहेको थियो ।
तेजाबी सुनको मूल्य पनि आज बढेर १ लाख १८ हजार ९५० रुपैयाँ पुगेको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ ।