काठमाडौं । स्कटल्यान्डको एबरडिन सहरमा आगलागीमा परेर पोखराका दिदीबहिनीको ज्यान गएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्अदै आएका २४ वर्षीया शिक्षा सुवेदी र २२ वर्षीया आँचल सुवेदीको आगलागीमा परेर मृत्यु भएको हो । छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर बेहोस भएका थिए ।
तत्काल उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनीहरुको निधन भएको बताइएको छ । मृत्यु हुने दुवैजना पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरी रहेको बताइएको छ । सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको थियो।