आज पनि केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

आज पनि केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • आज पनि केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । आज पनि मुलुुकका पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु बलियो बन्दा बिहिवार दिउँसोदेखि पहाडी भेगमा फाटफुट वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकीका पहाडी भेगका १–२ स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

    आज राति कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशीका पहाडी भेगका केहि स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको बिभागले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij