अन्डर १९ विश्वकपमा आज नेपाल र भारत भिड्दै

अन्डर १९ विश्वकपमा आज नेपाल र भारत भिड्दै

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • अन्डर १९ विश्वकपमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं । आईसीसी अन्डर १९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार पौने २ बजे शुरु हुुने खेल दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुनेछ।

    प्रतियोगिताबाट बाहिरिसके पनि भारतसंग राम्रो खेल्दै विश्वकपलाई बिटमार्ने लक्ष्य नेपालको छ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेकोमा दुवै खेलमा नेपाल पराजित भएको थियो। सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो ।

    त्यसैगरी सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का गर्न पनि नेपाललाई पराजित गर्नेपर्छ । दुई महिनाअघि  एसिया कपमा नेपाल भारत बीच भएको खेलमा भारत १० विकेटले बिजयी भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij