५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ ।  विहीबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  आइतबारदेखि सुनको मूल्य लगातार बढी रहेको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij