त्रिविको स्नातक अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुनेले मौका परीक्षा दिन पाउने

त्रिविको स्नातक अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुनेले मौका परीक्षा दिन पाउने

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • त्रिविको स्नातक अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुनेले मौका परीक्षा दिन पाउने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्  ।

    कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै विश्वविद्यालयले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो ।

    मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने र अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई हप्ताभित्रमा मौका परीक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयकाअनुसार स्नातकोत्तर तहको नयाँ भर्नामा सहभागी हुन पाउने गरी नतिजा सार्वजनिक हुने छ । अहिले सेमेस्टर प्रणालीमा पढाइ हुने स्नातक र स्नातकोत्तर तहमा मात्रै मौका परीक्षा सञ्चालन हुँदै आएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij