पेट्रोल, डिजल र ग्याँसको मूल्य बढ्यो, अब कति पर्छ ?

पेट्रोल, डिजल र ग्याँसको मूल्य बढ्यो, अब कति पर्छ ?

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • पेट्रोल, डिजल र ग्याँसको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहिवार बिहानदेखि  लागू हुनेगरी पेट्रोलमा प्रति लिटरको चार रुपैयाँ, डिजेल तथा मटिट्तेलमा दुुई रुपैयाँ र एलपी ग्याँसमा १५ रुपैयाँ मूल्य बढाएको हो।

    निगमले पेट्रोल साविक खुद्रा मूल्यमा प्रतिलिटर ४ रुपैयाँले बढाएपछि काठमाडौं उपत्यकामा अव एक लिटर  पेट्रोलको एक सय ७० रुपैयाँ कायम भएको छ । त्यसैगरी डिजेल र मट्टितेलमा  प्रतिलिटर दुुई रुपैयाँले बढेसंगै सय ५८ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी एmपी ग्याँसको खुुद्रा मुुल्य एक हजार नौ सय १० रुपैया कायम गरिएको छ ।

    भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको थियो।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

    यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ।त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर र डिजलको एक सय ५८ रुपैंया पर्नेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij