काठमाडौं । आज बुधबार मुलुकका दुई प्रदेसमा बर्षा हुने सम्भावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने बिभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हिमपातको सम्भावनासमेत रहेको बिभागकाे भनाइ छ। तराई मधेसका अधिकाँश भागमा बुधबार बाक्लो कुहिराे लाग्ने जनाइएको छ ।