मध्यपुर वडा लिग फुटबल  माघ २९ गतेदेखि फागुन २४ सम्म

मध्यपुर वडा लिग फुटबल  माघ २९ गतेदेखि फागुन २४ सम्म

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • मध्यपुर वडा लिग फुटबल  माघ २९ गतेदेखि फागुन २४ सम्म

    भक्तपुर । दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ गतेदेखि  हुने भएको छ। मध्यपुर युथ एसोसिएसनकाे आयोजनामा हुने प्रतियोगिता  मध्यपुर थिमि नगरपालिकाकाे सहयोगमा हुन लागेको हाे ।

    एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे । एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहका अनुसार प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने छ ।  प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका नौ वटा वडाका एक-एक टीमकाे सहभागिता रहने छ ।

    एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता आयोजक समितिका संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सबै टिमले आठ खेल खेल्ने बताए। प्रतियोगितामा सबै टीमले आठ-आठ वटा गरि ३६ वटा खेल सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोस्रोले एक लाख २५ हजार र तेस्रोले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद १० दश हजार प्राप्त गर्नेछन्।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, र प्रतियोगिताभरको अनुशासित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद २५ हजार प्रदान गरिने भएकाे छ ।

    अध्यक्ष सिंहका अनुसार, प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्नेछन् । २८ लाख रूपैयाँ खर्च हुने प्रतियोगिता सञ्चालन गर्न मध्यपुर थिमि नगरपालिकाले २५ लाख उपलब्ध गराउने भएकाे छ । बाँकी रकम प्रायोजक र अन्य संघ संस्थाबाट सहयाेग संकलन गरि जुटाइने अध्यक्ष सिंहले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij