देशभरि हालसम्म ३९ ६७.३ प्रतिशत धान रोपाइँ

देशभरि हालसम्म ३९ ६७.३ प्रतिशत धान रोपाइँ

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • देशभरि हालसम्म ३९ ६७.३ प्रतिशत धान रोपाइँ

    काठमाडौं । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म ९ लाख ४० हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

    कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । 
     
    असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij