एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’

सोमवार, आषाढ २४ २०८१
सोमवार, आषाढ २४ २०८१
  • एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’
    चितवन । एक अर्बको लगानीमा चितवनमा ‘रिसोर्ट’ सञ्चालन गरिएको छ । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बबढीको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको हो।
     
    पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा  सो रिसोर्ट सञ्चालनमा आएको हो । 
     
    व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन् । सो रिर्सोटमा बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् । रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएको छ ।
     
    रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको सञ्चालक लामाले बताए ।  सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा रहेको लामाको भनाई छ । लामाका अनुसार, पौडीपोखरी भिल्लाभित्रै छन् ।
     
    एउटा भिल्ला सञ्चालनमा आइसकेपनि अर्को दुई सञ्चालनको अन्तिम तयारीमा रहेका छन् । दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा छन्  । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् ।
     
    संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ । यहाँभित्र पोलिक्लिनिकसमेत छ । विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ ।  
     
    व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् । यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् ।
     
    व्यवसायी लामाका अनुसार, चितवनको थारु परिकार रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म ५० करोडभन्दा बढी लगानी भइसकेको छ । आगामी छ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी एक अर्ब माथि नै  पुग्ने लामाको भनाई छ । 
     
    यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij