काठमाडौंका यी स्थानमा भोलि बिजुली काटिने

काठमाडौंका यी स्थानमा भोलि बिजुली काटिने

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • काठमाडौंका यी स्थानमा भोलि बिजुली काटिने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा मर्मत कार्य गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

    लगनखेल वितरण केन्द्रबाट विद्युत् सेवा आपूर्ति हुने सातदोबाटो, हात्तिवन, रिङरोड, सेतिपाखा, खुमलटार, जेम्स स्कुल लगायतका एरियाहरूमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

    मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij