काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।