आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

बुधवार, आषाढ १९ २०८१
बुधवार, आषाढ १९ २०८१
  • आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

    काठमाडौं । भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।  विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

    जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ ।

    मंगलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले  राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।

    प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् ।

    बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

    स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू  ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन्  । मंगलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ ।

    सरकारले मंगलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

    मंगलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्‍याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij