नवौँपटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

नवौँपटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • नवौँपटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

    काठमाडौं । नितिश कुमार नवौँपटक बिहारको मुख्यमन्त्री बनेका छन् । आईतवार मात्र राजीनामा दिएका कुमार केही घण्टाभित्रै पुनः मुख्यमन्त्री बनेका हन् ।

    यसअघि आरजेडी, कांग्रेस आई र कम्युनिस्टको समर्थनमा मुख्यमन्त्री बनेका उनी आज भाजपाको समर्थनमा नवौँपटक मुख्यमन्त्री बनेका हुन् । भाजपाविरुद्ध देशव्यापी गठबन्धन बनाएर आगामी आम चुनावमा होमिने भन्दै अभियान चलाएका नितिश अन्तिम समयमा आफैँ आश्चार्यजनक रुपमा भाजपासँग मिल्न गएको बताइएको छ ।

    नितिशकै पहलमा विपक्षीको इन्डिया गठबन्धन बनेको थियो । तर, अब नितिश नै भाजपाको समर्थमा मुख्यमन्त्री बनेपछि उनी सो गठबन्धनमा नरहने मात्र होइन, सो गठबन्धनविरुद्ध पनि उनी प्रतिस्पर्धामा उत्रिने स्पष्ट भएको छ। आईतवार नै नितिशसँगै दुई उपमुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij