पछिल्लो छ महिनामा सबै भन्दा बढी निर्यात हुने बस्तु के के ?

पछिल्लो छ महिनामा सबै भन्दा बढी निर्यात हुने बस्तु के के ?

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • पछिल्लो छ महिनामा सबै भन्दा बढी निर्यात हुने बस्तु के के ?

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसमध्ये १७ वटा वस्तु मात्रै ५५ अर्ब ८० करोड बराबरको निर्यात भएको छ। भन्सार बभिागका अनुसार ६ महिनाको अवधिमा एक अर्ब निर्यात नाघ्नेको सूचीको पहिलो नम्वरमा आइरन–स्टिलका उत्पादन रहेका छन् ।

    साउनदेखि पुस महिनाको अवधिमा ६ महिनाको अवधिमा आठ अर्ब ६९ करोड रूपैयाँ बराबरको आइरन स्टिल निर्यात भएको छ। गत वर्षको पहिलो ६ महिनाको तुलनामा आइरन स्टिलको निर्यात ८३ प्रतिशतले बढेको भन्सार बिभागले जनाएको छ। सो अवधिमा पाँच अर्ब ८३ करोड रूपैयाँको धागो निर्यात भएको छ।

    गत वर्षको तुलनामा धागोको निर्यात तीन प्रतिशतले घटेको तथ्याँकमा उल्लेख छ। त्यसैगरी बढी निर्यात हुनेको तेश्रो नम्वरमा उलन कार्पेट रहेको छ । गत छ महिनामा पाँच अर्ब २३ करोडको उलन कार्पेट निर्यात भएको थियो । त्यसैगरी सो अवधिमा चार अर्ब ९७ करोड रुपैया बरावरको तयारी गार्मेन्ट निर्यात भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १६ प्रतिशतले बढी हो। 

    छ महिनाको अवधिमा तीन अर्ब ९० करोड रुपैयाको अलैँची निर्यात भएको छ । त्यसैगरी तीन अर्ब ८० करोड रुपैया बरावरका बिभिन्न प्रकारका जुसको निर्यात भएको भन्सार बिभागले जनाएको छ । निर्यात धेरे हुनेको सूचिमा प्लाइ उड पनि रहेको छ । सो अवधिमा तीन अर्ब ५३ करोडको प्लाई उड निर्यात भएको बताइएको छ। अघिल्लो वर्षको सोहि अवधिमा  एक अर्ब ७४ करोड बराबरको मात्रै प्लाइ उडको निर्यात भएको थियो।

    नेपालबाट दुई वर्षअघिबाट मात्रै प्लाइ उडको निर्यात हुन थालेको हो। चालु वर्षको ६ महिनामा दुई अर्ब ७२ करोडको पाम आयल निर्यात भएको छ। गत वर्ष भने यो समयमा पामको निर्यात १३ अर्ब २० करोडको भएको थियो। सो अवधिमा दुई अर्ब ४७ करोडका फेल्टका उत्पादन निर्यात भएका थिएभने सोहि अवधिमा दुई अर्ब १४ करोडको चिया निर्यात भएको जनाइएको छ ।

    त्यसैगरी पछिल्लो छ महिनामा एक अर्ब ७६ करोडको सिमेन्ट क्लिंकर र  एक अर्ब ६९ करोडको पश्मिनाको निर्यात भएको छ। त्यसैगरी एक अर्ब ४१ करोडका कुकुर बिरालोको खाद्य सामग्री र एक अर्ब २४ करोडका कपडा  निर्यात भएका छन् । सोहि अवधिमा एक अर्ब २२ करोडका मेडिकल हर्वल निर्यात भएको भन्सार बिभागले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij