काठमाडौं । काठमाडौंको न्युुरोडस्थित अर्थमैत्री बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो बार्षिक साधारण सभाबाट निर्बाचित संचालक समितिका पदाधिकारी तथा संचालकलाई प्रमाणपत्र वितरण गर्नुका साथै सम्मान समेत गरेको छ ।
काठमाडौँको थानकोटस्थित त्रिभुवनक पार्कमा शनिवार आयोजित बृहत बनभोज कार्यक्रममा तेस्रो बार्षिक साधारण सभाबाट निर्बाचित संचालक समितिका पदाधिकारी तथा सदस्यलाई सहकारीले प्रमाणपत्र वितरण गर्नुका साथै सम्मान गरेको हो ।
सस्था संचालक समितिका सचिब सुबास पुरीका अनुसार, संस्था संचालक समिति सभापतिका अध्यक्ष ईश्वर प्रसाद ढुङगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशका संयोजक सुबन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाको उपाध्यक्ष हर्क बहादुर खड्का, कोषाध्यक्ष राजु प्रसाद लम्मिछाने, चर्चित लोक दोहोरि गायिका कल्पना दाहाल, नेविसंघ केन्द्रीय सदस्य जगत जंग बिस्ट लगाएतको सहभागिता रहेको थियो । देशमा सहकारीको अवस्था दिनानुदिन बिग्रदै गएको परिपेक्ष्यमा पनि अर्थमैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना ग्राहक वर्ग लगायत सम्पूर्ण सदश्यको मन जितेर उत्कृस्ट आर्थिक कारोबार गर्न सफल भएको भन्दै कार्यक्रमका सहभागिले थप प्रगतिको शुुभकामना दिएका थिए ।