यू–१९ विश्वकप सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

यू–१९ विश्वकप सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

शनिवार, माघ १३ २०८०
शनिवार, माघ १३ २०८०
  • यू–१९ विश्वकप सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुगेसंगै नेपालले कुुन कुन टिमसंग खेल्छ भन्ने कौतुहल्ता सबैलाई लागेको छ । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले स्तब्द पार्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । 

    समूह डि मा रहेको नेपाल २ हार र एक जितसहित २ अंकसहित तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । सो समूहबाट पाकिस्तान र न्यूजिल्यान्डले यसअघि नै सुपर सिक्समा स्थान पक्का गरेका थिए । शनिबार हुने पाकिस्तान र न्यूजिल्यान्डबीचको खेलबाट समूह विजेता, उपविजेताको टुंगो लाग्नेछ ।

    यो विश्वकपमा नेपालसहित चार समूहका तीन–तीन गरी १२ टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा समूह ए र डी अर्थात समूह बि र सीमा रहेका टिमहरु बीच प्रतिस्पर्धा हुनेछ । नेपाल रहेको समूह डी ले सुपुर सिक्समा समूह ए का राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् ।

    समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् । सो समूहबाट भारत र बंगलादेश सुपर सिक्स खेल्ने पक्का भइसकेको छ । तेस्रो टोलीको टुंगो शनिबार हुने खेलबाट लाग्नेछ ।सुपर सिक्समा समूह ए को विजेताले समूह डिको दोस्रो र तेस्रो टिमसँग खेल्नेछ ।

    उपविजेता हुने टिमले अर्को समूहको पहिलो र तेस्रो अर्थात समूह चरणमा तेस्रो हुने टिमले सुपर सिक्समा अर्को समूहको पहिलो र दोस्रो टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह डी बाट तेस्रो टिमको रुपमा सुपर सिक्समा प्रवेश गरेको हो । नेपालले सुपर सिक्स समूह ए को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    समूह ए बाट भारत र बंगलादेश विजेता र उपविजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेका हुन् । यी टिममध्ये विजेता, उपविजेताको छिनोफानो शनिबारको खेलले हुनेछ । यसर्थ नेपालले सुपर सिक्समा भारत र बंगलादेशको सामना गर्नेछ । नेपालले सुपर सिक्सको पहिलो खेल जनवरी ३१ मा समूह ए को उपविजेता र फेब्रुअरी २ मा समूह विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij