मेक्सिकोमा एकै हप्ताभित्र दुई मेयरको हत्या

मेक्सिकोमा एकै हप्ताभित्र दुई मेयरको हत्या

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • मेक्सिकोमा एकै हप्ताभित्र दुई मेयरको हत्या

    काठमाडौं । दक्षिणी मेक्सिकोका एक नगरप्रमुख (मेयर)को हत्या भएको एक हप्ताभन्दा कम समयमा नै अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । गत जुन २ मा गुएरेरो राज्यका अर्का नगरप्रमुख साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो ।

    मालिनाल्टेपेकमा एक भ्यानको पछाडि फ्लोरेसको शव फेला परेको एक मानवअधिकार अभियानकर्मीले एएफपीलाई बताए । उनी टाउकोको पछाडिको भागमा गोली लागेको अवस्थामा भेटिएका हुन् । 

    आदिवासी समुदायकोमा गएको समयमा बिहीबार पक्राउ परेपछि अधिकारकर्मी ती नेतालाई रिहा गर्न वार्तामा जुटेका थिए ।

    गुरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान शुरू गरिएको र सम्भावित जग्गाको स्वामित्व विवादलाई पनि अनुसन्धानको हिस्सा बनाइएको बताएका छन् ।

    गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान शुरू भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको गैरसरकारी संस्था डाटा सिभिकाले जनाएको छ ।

    मेक्सिकोको प्रशान्त महासागरीय तटमा रहेको लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक गुरेरोमा सन् २०२३ मा एक हजार ८९० जनाको हत्या भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij