अफगानिस्तान हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

अफगानिस्तान हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • अफगानिस्तान हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

    काठमाडौं । अफगानिस्तान हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

    जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

    खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । नेपाललाई ६ रन चाहिएको बेला दीपक बोहरा २७ रन जोडेर आउट भएका थिए। ४४ ओभरको अन्तिम बलमा आकास चन्द पनि १ रनमा आउट हुँदा नेपालले नवौं विकेट गुमाएको थियो। त्यतिबेला नेपाललाई जितका लागि दुई रन चाहिएको थियो। सुवास भण्डारीले नटआउट ९ रन जोडेपछि नेपालले कठिन जित दर्ता गरायो।

    त्यसअघि आकासको उत्कृष्ट बलिङमा अफगानिस्तान १४५ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा समेटिएको थियो । खेलमा नेपालका आकास चन्दले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए । यससँगै आकास यू–१९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बने। 

    यसअघि नेपालका लागि राहुल विश्वकर्माले सन् २०१२ मा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए। यो नेपालका लागि यू–१९ विश्वकपमा उत्कृष्ट बलिङ हो। भुवन कार्कीले नामिबियाविरुद्ध २०१२ मा ५ विकेट लिँदा २१ रन दिएका थिए। यस्तै सन् २०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ५ विकेट लिँदा २७ रन खर्चिएका थिए। ‌नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो।

    नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए। दोस्रो ओभरमा आकासले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए।

    आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५.५ ‌ओभरमा बोल्ड गरे। दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए। आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए। आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए। उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।

    आकासले २० रन बनाएर खेलिरहेका हसन इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएपछि उनले एकै खेलमा पाँच विकेट लिन सफल भएका थिए। नेपालका लागि सातौं विकेट तिलकराज भण्डारीले लिए। उनले १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरे। आउटहुनुअघि उनले तिलकलाई लगातार छक्का र चौका प्रहार गरेका थिए। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा अफगानिस्तानको स्कोरले केहि गति लिएको थियो। 

    यस्तै नसीर शाखले ३१ रन जोडे। नवौं विकेटका लागि उनले फारुदुनसँग ५५ रनको साझेदारी गरेका थिए। यो साझेदारी दिपेक कँडेलले तोडेका थिए। फारुदुनले अन्तिम विकेटको रुपमा सुवास भण्डारीबाट आउट हुने क्रममा २९ रन जोडे। बलिङमा नेपालका आकासले ५ विकेट लिँदा दिपेशले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले ११ विकेट लिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij