दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना पक्राउ

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना पक्राउ

बुधवार, आषाढ ५ २०८१
बुधवार, आषाढ ५ २०८१
  • दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना पक्राउ

    काठमाडौं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले बिरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।

    उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

    भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता– सहमती समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij