यू–१९ विश्वकपको सुपर सिक्समा पुग्न नेपालले आज अफगानिस्तानलाई जित्नैपर्ने

यू–१९ विश्वकपको सुपर सिक्समा पुग्न नेपालले आज अफगानिस्तानलाई जित्नैपर्ने

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • यू–१९ विश्वकपको सुपर सिक्समा पुग्न नेपालले आज अफगानिस्तानलाई जित्नैपर्ने

    काठमाडौँ । नेपालले आईसीसी यू(१९ विश्वकपमा समूह चरणको अन्तिम खेल आज शुक्रवार खेल्दैछ । अफगानिस्तानसँग हुने सो खेल जिते नेपाल सुपर सिक्समा पुन्गे छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा पौने २ बजे नेपालले अफगानिस्तानको सामना गर्ने छ। सो खेलको विजेता टोली सुपर सिक्समा पुग्नेछ।

    अघिल्ला २ खेल लगातार पराजित भएका ई दुुई टोलीजित्छ सोहि टोली सुपर सिक्समा पुग्ने छ । पराजित टोली विश्वकपबाटै बाहिरिने छ । समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले  पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान भने पाकिस्तानसँग १८१ रन र न्युजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।

    दक्षिण एशियाका दुई चर्चित यू(१९ क्रिकेट टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन्। समूहमा लगातार २ खेल जितेका पाकिस्तान र न्युजिल्याण्ड ४–४ अंक जोड्दै सुपर सिक्समा पुगिसकेका छन्। नेपाल र अफगानिस्तान दुवै अंकविहीन छन्।

    समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन्।अंक तालिकामा हरेक समूहबाट शीर्ष तीनमा रहने टोली सुपर सिक्समा पुग्नेछन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij