काठमाडौं । भारतको उत्तराखण्डमा भएको सवारी दुर्घट्नामा परेर १० जनाको ज्यान गएको छ । रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार साँझ यात्रुु बस गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको हो। सो घट्नामा परेर १३ जना घाइते भएका छन्।
घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस १५० मिटर गहिरो खाडलमा खसेको थियो । घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ। ‘सो बसमा कति यात्रु थिए भन्ने यकिन नभएको बताइएको छ ।