काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।