काठमाडौं । सरकारले हाइड्रोजनसम्बन्धी उद्योग स्थापना गर्ने व्यवसायीलाई विभिन्न करमा छुट दिने भएको छ । त्यस्ता उद्योग स्थापनाका लागि सामान आयात गर्दा लाग्ने भन्सार छुटदेखि अन्य विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था ग्रिन हाइड्रोजन नीतिमा उल्लेख छ ।
नीतिमा पेट्रोलियम पदार्थलाई ग्रिन हाइड्रोजले प्रतिस्थापन गर्ने रणनीति लिइएको छ । त्यसैगरी हाइड्रोजन इन्धनका सवारीको प्रवर्धन गर्नेदेखि स्टिल र सिमेन्ट उद्योगमा यसको प्रयोग गर्नेसम्म नीतिमा समावेश गरिएको छ ।
माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको ग्रिन हाइड्रोजन नीति, २०८० मा हाइड्रोजनको उत्पादन, भण्डारणदेखि ढुवानीका लागि सरकारले आवश्यक पूर्वाधार निमार्णमा सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।
यस्तो छ हाइड्रोजन नीतिको पूर्णपाठ