विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको निधन

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको निधन

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको निधन

    काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलिमाको विमान दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा उपराष्ट्रपति चिलिमा, मलावीकी पूर्व प्रथम महिला शानिल डिजिम्बीरी लगायत नौ जनाको ज्यान गएको राष्ट्रपति लाजरस चकवेरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    गए राति राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र विमानमा रहेको नौ जना सबैको ज्यान गएको राष्ट्रपति चकवेराले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

    ५१ वर्षीय उपराष्ट्रपति चिलिमा चार दिनअघि निधन भएका पूर्वमन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए । उनी चढेको सेनाको विमान खराब मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान गर्ने राष्ट्रपति चकवेराले उल्लेख गरेका छन् ।

    उपराष्ट्रपति चिलिमासहितकाे टाेली चढेकाे विमान जङ्गलभित्र दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij