मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान सम्पर्कबिहिन

मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान सम्पर्कबिहिन

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान सम्पर्कबिहिन

    काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ । स्थानीय अधिकारीका अनुसार, उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको हो ।  विमान १४ घण्टादेखि सम्पर्कबाहिर रहेको बताइएको छ । 

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । 

    विमानमा उपराष्ट्रपतिबाहेक नौजना सवार थिए । विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको बीबीसीले जनाएको छ । मजुजु मलावीको उत्तरी क्षेत्र हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij