यू–१९ विश्वकपमा  टस जितेर पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

यू–१९ विश्वकपमा  टस जितेर पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • यू–१९ विश्वकपमा  टस जितेर पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अहिले  पाकिस्तानविरुद्ध नेपाली युवा टिमले पहिले ब्याटिङ शुरू गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुरू भएको खेलमा टस जितेका नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै पाकिस्तानलाई फिल्डिङको निम्तो दिएका हुन् । 

    प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले समूह चरणको अन्तिम खेल जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ । 

    यसअघि युवा विश्वकपमा यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये एक खेल नेपालले जित्दा अर्को एक खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको थियो । सन् २००० को संस्करणमा पनि नेपाल र पाकिस्तान एकै समूहमा थिए । तर सो संस्करणमा यी दुई टिमबीचको खेल बर्षाका कारण रद्ध भएको थियो । २००२ को संस्करणमा पुनः एकपटक नेपाल र पाकिस्तान एकै समूहमा परे । सो संस्करणमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । 

    सन् २०१६ को संस्करणमा पाँचौ स्थानका लागि भएको प्लेअफमा नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij