काठमाडौं । आज पनि सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, आज चाँदकिो मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।