यू–१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

यू–१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • यू–१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं । आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा  हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाल पाकिस्तानलाई पराजितगर्दै पहिलो जितको खोजीमा हुनेछ भने पाकिस्तान जितलाई निरन्तरा दिन चाहन्छ।

    प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो।  समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न नेपाललाई बाँकी खेलमा जित्नै पर्ने बाध्यता छ। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो।

    पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १–१ खेल जितेका छन्। सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले बिजयी भएको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो। सन् २००० मा यि दुईबीच तय भएको खेल वर्षाले रोकिएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij