राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुबै स्थानबाट विजयी

राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुबै स्थानबाट विजयी

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुबै स्थानबाट विजयी

    काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयी भएका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी विजयी भएका हुन् ।

    गान्धी रायबरेलीबाट झन्डै ४ लाखको मतान्तरले विजयी भएका हुन् । त्यस्तै वायनाडमा उनले भारतीय भारतीय कम्युनिस्ट पार्टीकी एनी राजा ३ लाख ६४ हजार मतान्तरले हराएका छन् । 

    गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए भने उत्तर प्रदेशको अमेठीमा भने भाजपाकी स्मृति इरानीसँग पराजित भएका थिए । यसपल्ट इरानी अमेठीमा कांग्रेस नेता किशोरीलाल शर्मासँग पछाडि परेकी छिन् ।

    उत्तर प्रदेशको अमेठीबाट कांग्रेस नेता राहुल गान्धी ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij