माछापुच्छ्रे बैंकद्वारा तीन प्रदेशका सरकारी विद्यालयलाई सहयोग

माछापुच्छ्रे बैंकद्वारा तीन प्रदेशका सरकारी विद्यालयलाई सहयोग

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • माछापुच्छ्रे बैंकद्वारा तीन प्रदेशका सरकारी विद्यालयलाई सहयोग

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले सुर्खेतको शारदा नगरपालिका – १५, माल्नेटास्थित त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको हो । त्यसैगरी कैलालीको गोदावरी नगरपालिका –६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माणका लागि बैंकले सहयोग गर्ने भएको छ । 

    त्यसैगरी बैंकले काठमाडौं महानगरपालिका –४ लम्टङ्गीनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहल निर्माणमा सहयोग गर्ने भएको छ । विद्यालयहरूको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गर्न आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने सम्झौता गरिएको बैंकद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

    machha 2.jpg

    विद्यालयको पूर्वाधार निर्माणसम्बन्धी सम्झौतामा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
    सम्झौताअनुसार बैंकले त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।

    यसैगरी काठमाडौं महानगरको नमूना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा सभाहल निर्माण गर्न बैंकले सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij