यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै

यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै

    काठमाडौँ । यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्दै छ । दक्षिण अफ्रिकामा जारी विश्वकप क्रिकेटको आइतबारको खेलमा न्युजिल्यान्डले टस जितेर  पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्ने भएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।

     खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । सो समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान रहेका छन् । यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ ।

     नेपाल क्रिकेट संघ क्यानले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोली घोषणा गरेको छ । नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् । 

    ५० ओभरको सो प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहेको छ । यू–१९ विश्वकप सुरु हुनुअघि नेपालले दक्षिण अफ्रिकामा दुईवटा औपचारिक अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो । नेपाल र वेस्ट इन्डिजबिचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण अनिर्णित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij