इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

    मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । 

    “मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि २० जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ“, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ। 

     

    प्रत्यक्षदर्शीका अनुसार ३  बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ। 
    प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।  

    उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ। 
    प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो । 

    घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।  अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म २ सय ८२  जना सैनिक मारिएको सेनाले जनाएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij