आईसीसी यू–१९ विश्वकपमा आज नेपाल र न्युजिल्यान्ड भिड्दै

आईसीसी यू–१९ विश्वकपमा आज नेपाल र न्युजिल्यान्ड भिड्दै

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • आईसीसी यू–१९ विश्वकपमा आज नेपाल र न्युजिल्यान्ड भिड्दै

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा आज नेपालले न्युजिल्यान्डको सामना गर्दैछ । नेपालले आफ्नो पहिलो खेलला मैदान उत्रिँदा न्युजिल्यान्डविरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्य बनाएको छ ।

    आइतबार दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ । युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्डविरुद्ध खेल्दा दुवै खेलमा जित निकालेको थियो । यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा न्युजिल्यान्डलाई एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो ।

     नेपालले आठ वर्षपछि युवा विश्वकप खेल्ने लागेको हो । यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकपमा  नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल बाहिरिएको थियो ।

    आइतबार दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ । प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij