विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग

विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग

    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएले टी–२० विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैंया सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन क्यान मार्फत् सो रकम प्रदान गरिएको हो ।

    सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि पाँच लाख आर्थिक सहयोग गरेको सङ्घका अध्यक्ष बद्री केसीले बताए ।

    सङ्घले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गरेको जनाएको छ । साथै वैदेशिक रोजगारीका क्रममा कङ्गोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारलाई २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij