आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने

आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने

    काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषिमा लगानी दशक घोषणा गर्ने बताएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा लगानी दशक घोषणा गरिने बताए । 

    उनले सिँचाइ हुने ठाउँमा भूमिगत सिँचाइ योजना ल्याउने किसान र कृषिलाई फोकस गर्ने बताए । किसान प्रमाणपत्र समेत वितरण गर्ने योजना भएको बताए ।

    उनले भने, ‘कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij